राजनीति

जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति सरकार गैरजिम्मेवार बन्योः सांसद राई

Banner

काठमाडौं साउन १९-

नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरीप्रति आलोचना गरेका हुन् ।

सांसद राईले मुलुकमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको अभाव र चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको उल्लेख गर्दै सरकार यसप्रति संवेदनशील नभएको बताए ।

संसदको कामकारबाहीका विषयमा टिप्पणी गर्दै राईले सरकारले संसदलाई पर्याप्त बिजनेस दिन नसकेको र संसदीय अभ्यासलाई उपेक्षा गरेको बताए ।
पूर्वी नेपालमा देखिएको साम्प्रदायिक संवेदनशीलता र सुरक्षा चुनौतीका विषयमा सरकारले संसदलाई औपचारिक जानकारी नगराएकोमा समेत उनले आपत्ति जनाए । सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको हैसियतले आफूले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरेको बताउँदै उनले शान्ति सुरक्षाको अवस्थाबारे जवाफ दिन गृहमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>