समाज
बाख्रा चराउन गएका वृद्धको डढेलमा परी मृत्यु
०

सल्यान,बैशाख २०-
डढेलोमा परी सल्यानमा एक वृद्धको मृत्यु भएको छ। शारदा नगरपालिका–६ सापमाराका ७० वर्षीय ओदिराम बुढाथोकीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घरदेखि एक घण्टाको दूरीमा रहेको भुवेनगैरी सामुदायिक वनमा लागेको डढेलोमा परेर बुढाथोकीको मृत्यु भएको हो। उनको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन बोहराले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























