Uncategorized

कारमा मृत भेटिएका तीन बालकको ढोका ‘लक’ हुँदा निस्सासिएर मृत्यु

Banner

दाङ,बैशाख १९। दाङमा एउटा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

प्रहरीका एक उच्च अधिकारीले भने, “पार्किङमा रहेको कारको एक ढोका खुला रहेछ । उनीहरु तीनैजना सो ढोकाबाट भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिँदैन ।”

कबचदयततबm अझभलत
उनीहरुको गोजीमा ताससमेत फेला परेको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास्न खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ । कार पञ्चर भएर त्यही थन्किएको थियो ।

शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ । शवलाई पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>