Breaking News
मास्क नलाउनेलाई जरिवाना, होटल रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुका ८ बजेसम्म संचालन अनुमति
०

काठमाडौं,बैशाख ६-
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय छन् ।
कोभिडको संक्रमण रोकथामका लागि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ती मापदण्डलाई पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने बताए ।
सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पनि संचालन अनुमति दिएको छ । होटलमा बसेर खान नपाइने र डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























