चितवन विशेष

नेकपा एमाले भरतपुर २ को वडा भेला सम्पन्न

Banner

सुरेश कुमार अधिकारी,

चितवन, वैशाख ४-

नेकपा एमाले भरतपुर महानगरपालिका–२ वडा कमिटीको वडा भेला शुक्रबार सम्पन्न भएको छ ।

भेलामा नयाँ वर्षको शुभकामना आदननप्रदान पनि गरिएको थियो । परशुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५०० भन्दा बढी संगठित सदस्यको सहभागिता रहेको थियो ।

जलदेवी सामुदायिक वनको पार्कमा भएको वडा भेलाले परशुराम पौडेललाई अध्यक्षमा र विज्ञान अधिकारीलाई सचिवमा चयन गरी जम्मा ४१ सदस्यीय वार्ड कमिटी निर्वाचित गरेको छ । त्यस्तै गरी युवा संघ नेपाल वडा कमिटी, अनेम संघ वडा कमिटी, उद्योगी व्यवसायी वडा कमिटी र नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन वडा कमिटी पनि निर्माण ग¥यो । कम्युनिस्ट मा आस्था राख्ने र पार्टीमा लामो समय योगदान गर्ने भरतपुर महानगरपालिका–२ का वृद्ध बुवाआमालाई सो अवसरमा सम्मान समेत गरियो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले वडा २ को उक्त कार्यक्रमले सम्पूर्ण कर्याकर्तामा जोस जागर र थप उर्जा प्रदान गर्नुको साथै नेकपा एमालेलाई थप एकताबद्ध गर्न सहयोग गर्दै आन्दोलनलाई अजै शसक्त र शुद्धिकरण गरेको कुरा जीकिर समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>