अन्तर्राष्ट्रिय
यस वर्षको अन्त्यसम्म अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

एजेन्सी,बैशाख ३-
सन् २०२१ को अन्त्यसम्म विदेशी पर्यटक तथा विद्यार्थीका लागि अस्ट्रेलिया प्रवेश निषेध हुने सम्भावना बढेर गएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहिबार पर्थ रेडियोलाई एक अन्तर्वार्ता दिँदै यदि अस्ट्रेलियाले बोर्डर खुला गरेमा दिनहुँं हजारौ भारइस संक्रमण भित्रिने हुनाले अहिलेको लागि त्यो सम्भव नरहेको बताएका छन्।
अस्ट्रेलियाले आउँदो जुन दोस्रो सातासम्मका लागि मात्र औपचारिक रूपमा बोर्डर बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीको यस्तो स्पष्ट धारणा आएपछि बोर्डर यस वर्षको अन्त्यसम्म नुखल्ने सम्भावना देखिएको हो।अस्ट्रेलियामा रहेको सबै नागरिकलाई भ्याक्सीन लगाएपछि मात्र पुरानै लयमा फर्कनसक्ने सम्भावना रहेको मोरिसनले बताएका छन्।
कोरोनाको भ्याक्सीन ढिलाइका कारण अस्ट्रेलियाले यस वर्षको अन्त्यसम्म मात्र सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ। अस्ट्राजेनेक भ्याक्सीनले नकारात्मक प्रभाव पारेपछि अस्ट्रेलियाले अर्को भ्याक्सीन मगाइसकेको छ।
नयाँ खोप आउन समय लाग्ने भएकाले आगामी जनवरीसम्ममा सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीले योजना सुनाए।

























