खैरहनी

चितवनमा नेविसंघको विवादले प्रकाशमान सिंह सहभागि कार्यक्रममा नाराबाजी

Banner

ध्रुवराज खनाल

चितवन, वैशाख १–

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।

नयाँ वर्षको अवसरमा बुधबार कांग्रेस चितवन खैरहनी नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्र नै धरापमा पार्न उद्धत रहेकाले काँग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताए । ‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ। यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक र राजनीतिक तवरले प्रधानमन्त्री पदमा बस्ने वैधानिकता गुमाइसकेका छन्। उनले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने।

यसैबीच सोही कार्यक्रममा सामान्य विवाद सिर्जना भएको छ । खैरहनीमा केही दिनअघि नेविसंघको दुई वटा समिती गठन भएको थियो । समानान्तर कमिटी गठन भएपछि विवाद मिलाउन पाटी नेतृत्वले कुनै पहल नगरेको भन्दै काँग्रेस पूर्व महामन्त्री सिंहकै अगाडि केही युवाहरुले नाराबाजी गरेका थिए ।

उनीहरुले नेवि संघ जिन्दावाद, गुटबन्दी बन्द गर लगायतको नारा लगाएका थिए । गत चैत १२ गते एकैदिन अमृत आचार्यको नेतृत्वको र शेखर बस्नेत (सुरज) नेतृत्वको छुट्टा–छुट्टै दुईवटा नगर समिती गठन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>