Uncategorized

‘कुष्ठरोग नलुकाऔ, भेदभाव नगरौं’

Banner

चितवन, चैत ३१–

कुष्ठरोगीलाई हेर्ने दृस्ठिकोणमा परिवर्तन ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । खैरहनी नगरपालिकाले कुष्ठरोग सम्पर्क परीक्षण र अग्रिम बचावटी उपचार सम्बन्धमा महिला स्वास्थ्य स्वयंसेविका र स्टार्स नर्सका लागि मंगलबार आयोजित अभिमुखिकरण कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कुष्ठरोगी भनेपछी अझै पनि समाजले हेर्ने धारणामा परिवर्तन आउन नसकेको बताए । प्रमुख चौधरीले रोग लाग्नुमा कुनै अपराध नहुने भन्दै उनिहरुलाई समान ब्यबहारले हेर्दै उपचार गर्नुपर्ने बताए । ‘रोग लाग्छ भनेर डराउने अवस्था थियो’ प्रमुख चौधरीले भने ‘रोग लाग्नै नदिन औसधीको ब्यबस्था गरिएको छ, कुष्ठरोगिलाई भेदभाव नगरौ ।’

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले रोगले धनी गरिव नभन्ने भएकाले बेलैमा उपचार गर्नु पर्नेमा जोड दिए । बिना भेदभाव कुष्ठरोगीको उपचार गर्न उनले आग्रह गरे । नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले यहि चालू आर्थिक वर्षदेखि कुष्ठरोगी र उनिहरुको सम्पर्कमा रहेकाहरुलाई औषधि खुवाउने कार्यक्रम रहेकाले महिला स्वयंसेविकाहरुले सहयोगिको भुमिका निर्वाह गर्न आग्रह गरे ।

अधिकारीका अनुसार सरकारले चितवन सहित ५ जिल्लामा औषधि खुवाउने कार्यक्रम राखेको जानकारी दिए । नगरपालिकाकी नर्सिङ अधिकृत पूजा गिरीले कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य अनुरुप खैरहनीमा पनि यस रोग शून्य बनाउन नगरबासीको साथ आवश्यक रहेको बताइन् ।

खैरहनीमा पछिल्लो १० वर्षको तथ्यांक अनुसार २१० जना कुष्ठरोगी छन् । कुष्ठरोगीलाई औसधि खुवाउने विषयमा सोमबार स्वास्थ्य संस्था ब्यवस्थापन समिती, प्रधानाध्यापक र स्वास्थ्यकर्मीका लागि अभिमुखिकरण कार्यक्रम गरेको थियो । खैरहनी नगरपालिका प्रमुख प्रसासकिय प्रमुख चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम हेल्थ असिस्टेन्ट नवीन पराजुलीले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>