अन्तर्राष्ट्रिय

भारतमा एकै दिन डेढ लाखमा कोरोना संक्रमण‚ ८०० जनको मृत्यु

Banner

एजेन्सी,चैत २९-

भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा विश्वमा सबैभन्दा धेरै भारतमा १ लाख ५२ हजार ६८२ जना संक्रमित थपिएका छन्। सोही समयमा ८०० जना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ६५ हजार ५१३ ,ब्राजिलमा ५९ हजार ५९२ , टर्कीमा ५२ हजार ६७६, इटलीमा १७ हजार ५६७, जमर्नीमा १८ हजार ६९३, पोल्याण्डमा २४ हजार ८५६ र रुसमा ८ हजार संक्रमित थपिएका छन्।

यस्तै‚ पछिल्लो २४ घन्टा ब्राजिलमा सवैभन्दा धेरै २ हजार ५३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा अमेरिकामा ७१८ , रुसमा ४०२, टर्कीमा २४८ , इटलीमा ३४४, पोल्याण्डमा ७४९ संक्रमितको ज्यान गएको छ। हालसम्म विश्वभर १३ करोड ५९ लाख ४६ हजार १३६ मा संक्रमण पुष्टि भएको छ। २९ लाख ३८ हजार ७५७ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>