देश/प्रदेश

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

०
Banner

चितवन,चैत २० –

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका ८ का २३ वर्षीय अमित भुजेल रहेका छन् ।

भुजेललाई हिजो (बिहीवार) प्रहरीले पक्राउ गरेको हो । भुजेलले सर्ट टर्म ४५७ भिषामा २-२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिने भन्दै रकम असुलेका थिए ।

उनले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>