अन्तर्राष्ट्रिय

ताइवानमा ट्रेन दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु

Banner

एजेन्सी,चैत २० –

ताइवाको पूर्वी भागमा आज बिहान ट्रेन दुर्घटना हुँदा ३६ जना भन्दा बढीको  मृत्यु भएको छ । घटनामा दर्जनौं मानिस घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेलाई अस्पताल लगिएको छ भने कैयौं अझै पनि ट्रेनमै च्यापिएका छन् ।

सुरुङभित्र फसेका चारवटा डब्बाहरूमा उद्धारकर्ताहरू पुग्ने कोशिश गरिरहेका छन् । ती डब्बाहरू नराम्ररी कुच्चिएकाले त्यहाँ पुग्न गाह्रो परिरहेको छ ।

आठवटा डब्बा भएको ट्रेन ताइतुङतिर जाँदै थियो र त्यसमा ३५० जना यात्रु थिए । स्थानीय समयअनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको थियो । आरम्भिक अनुसन्धानमा डब्बा दुई र तीन ट्य्राकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>