अन्तर्राष्ट्रिय
ब्राजिलमा एकैदिन तीन हजार आठ सय भन्दा बढीको मृत्यु
०

एजेन्सी,चैत २० –
ब्राजिलमा कोरोनाभाइरसका कारणले एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो ।
योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् । तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























