गण्डकी

माछा मार्ने बम बनाउने क्रममा विस्फोट, दुई जना गम्भीर घाइते

Banner

गलकोट, चैत १९–

बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बडीगाड गाउँपालिका– २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

बम विस्फोटमा मित्र राना र अरुणकुमार पुन गम्भीर घाइते भएको हवारीको भनाइ छ । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि पाल्पास्थित प्रभास अस्पताल पठाइएको सूचना अधिकारी हवारीले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>