Uncategorized

खैरहनीमा मेलमिलापकर्तालाई पुर्नताजकी तालीम

Banner

चितवन, चैत १९–

चितवनको खैरहनीमा न्यायिक समिति, जनप्रतिनिधी र मेलमिलापकर्ताहरुका लागि तीन दिने पुर्नताजकी तालीम बिहीबारदेखी सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजना तथा सामुदायिक मेलमिलाप केन्द्र खैरहनीको समन्वयमा तालीम सुरु भएको हो ।

तालिमको एक कार्यक्रमका बीच खैरहनी नगरपालिका न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर सुनिता थपलियाले उद्घाटन गरिन् । सो अवसरमा उपमेयर थपलियाले सामान्य विवादहरु मेलमिलाप केन्द्रबाटै सहमती गर्नु पर्नेमा जोड दिईन् । तालीममा मेलमिलापको प्रक्रिया, चरण, एकान्त वार्ता ककस, सहमती लेखन र कार्यान्वयन तथा कानुनका बारे प्रशिक्षण दिईने सामुदायिक मेलमिलाप केन्द्र खैरहनीका सचिव कृष्ण थपलियाले जानकारी दिए ।

तीन दिनसम्म चल्ने तालीममा बन्धुराज पौडेल, कविता अधिकारीले सहजीकरण गर्नेछन् । बादी जायर भएर मेलमिलापका लागि दिएका विवादहरु केन्द्रले दुवै पक्षको सहमतीमा समाधान गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा खैरहनी केन्द्रमा ९५ वटा विवाद दर्ता भएकोमा ८२ वटा समाधान भईसकेको केन्द्रका सचिव थपलियाले बताए । त्यस्तै मेलमिलाप केन्द्र कठारमा ५३ वटा दर्ता भएकोमा ४० वटा समाधान भएको छ । बाँकी प्रक्रियामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>