चितवन विशेष

भरतपुरको सिजी ल्याण्डमार्कमा केएफसी रेष्टुरा सञ्चालन

Banner

– विनय आचार्य

चितवन, चैत १८-
भरतपुरको सिजी ल्याण्डमार्कमा केएफसी रेष्टुरा सञ्चालनमा आएको छ । पोल्ट्रीको राजधानी मानिएको चितवनमा चिकेन परिकारको नयाँ स्वाद आम उपभोक्ता माझ सहजरुपमा उपलब्ध गराउन केएफसीको नयाँ शाखा सिजी ल्याण्डमार्कमा सञ्चालनमा आएको हो ।

अन्तर्राष्ट्रिय चेन रेस्टुँरा केएफसी शहर भित्रको शहर मानिने सिजी ल्यान्डमार्कको भुइँ तलामा सञ्चालनमा आएको छ । रेस्टुँरामा अन्तर्राष्ट्रियस्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ । केएफसीको नेपालका लागि आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनलले नेपाल प्रालिले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।

सिजी ल्याण्डमार्कका अध्यक्ष एवम् युवा व्यवसायी राजेन्द्र अर्यालले रिवन काटेर केएफसी चितवन शाखाको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले विभिन्न अन्तर्राष्ट्रिय व्राण्डहरुलाई चितवने ग्राहकमाझ सहज उपलब्ध गराउँदै आएको सिजी ल्याण्डमार्कको पहलमा केएफसी सञ्चालनले चितवने पोल्ट्री क्षेत्रको प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आफ्नै गाँउ शहरमा अन्र्तराष्ट्रिय स्वादका पकिार पस्केर केएफसीले नयाँ सम्बन्ध बढाउने समेत उनले विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा सिजी ल्याण्डमार्कका म्यानेजर उज्वल केसीले महल संस्कारमा आर्कषित बनेका चितवने ग्राहकमा केएफसीको नयाँ शाखाले थप उचाइ थप्ने दाबी गरे । उनले सिजी सधै चितवनको व्यवसायिक विकासमा नयाँ नयाँ व्यवसायिक प्रर्वद्धनमा थप सशक्त रुपमा अगाडि बढ्ने समेत बताए ।

रेस्टुराले कोभिडबाट बच्नका लागि अन्तर्राष्ट्रिय विभिन्न चारस्तरका सुरक्षा मापदण्ड कायम गरेको छ । रेस्टुरामा बन्ने सम्पूर्ण खानाहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बन्ने र सम्पूर्ण हिसाबले खाना गुणस्तरीय र सुरक्षित रहनेछन् ।

रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफमा सञ्चालन हुने र चालिस जना ग्राहकलाई एक पटकमा सेवा दिन सक्नेछ । रेस्टुराले सुरुकै दिनबाट टेक अवे र मेरो किनमेल मार्फत् होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ । रेस्टुरामा १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>