देश/प्रदेश

देवघाट क्षेत्र विकास समितिले ऐन बनाउने, कोषको रुपमा लैजाने तयारी

Banner

देवघाट, चैत १७–

देवघाट क्षेत्र विकास समितिले ऐन निर्माण गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमिति सदस्यहरुको बैठक सो निर्णय गरेको हो ।

देवघाट क्षेत्र विकास समितिको सभाहलमा सम्पन्न छलफलले देवघाट क्षेत्र विकास समितिलाई ऐन निर्माणपछि देवघाट क्षेत्र विकास कोषको रुपमा लैजाने निर्णय गरेको समितिका सदस्य सचिव एवम् कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए । कोष निर्माणपछि विकासको काममा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

त्यसैगरी भरतपुर महानगरपालिका–१, चितवनतर्फ रहेको गोपाल गौशालालाई गौशालाकै रुपमा कायम राख्नुपर्ने निर्णय भएको उनले बताए ।

गौ, गौरी र गंगा रुपमा देवघाटको गरिमा कायम गरी गोपाल गौशालामा अन्य भवन र संचरनाहरु बन्न नहुने समेत निर्णय गरेको घिमिरेले जानकारी दिए ।

छलफल कार्यक्रममा देवघाट विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकरी, निवर्तमान अध्यक्ष शिवराज पौडेल, पूर्व अध्यक्षहरु टंकनाथ पौडेल, डा गुरुप्रसाद सुवेदी र मैयादेवी रिमाल काफ्लेलगायत वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तै समितिको आउँदो चैत २० गते बोर्ड बैठक बस्ने निर्णय भएको अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>