प्रदेश २

 होली खेल्ने क्रममा बाराको कलैयामा झडप हुँदा एक महिलाको मृत्यु

Banner

वीरगञ्ज,चैत १७-

होली खेल्ने क्रममा बाराको कलैया भतौडामा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । सोमबार भएको झडपमा ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको छ भने   अन्य ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘झडपकै क्रममा उनको मृत्यु भएको भनिएको छ, शरीरमा बाहिरी चोटपटक देखिंदैन,’ उनले भने, ‘अन्य केही सामान्य घाइते भएकोले झडप त भएको बुझिन्छ, के कसरी झगडा भयो  कसले हान्यो त्यसबारेमा अनुसन्धान गरिरहेका छौं ।’

उनले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>