प्रदेश १

जंगली हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

Banner

चितवन,चैत १७-

जंगली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका ६ थामीझोडा बस्ने ५० वर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा सोमबार राती मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार राती छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केदै गरेका बोहोरालाई जंगलबाट आएका ३ वटा जंगली हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो ।

घाइते बोहोराको उपचारको लागि उर्लाबारीतर्फ लैजाँदै गर्दा राती ११ बजे बाटोमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>