देश/प्रदेश
शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले गर्यो आक्रमण
०

वीरगञ्ज, चैत १५ –
ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गतको ठोरीमा गुडिरहेको अटोमा बाघले आक्रमण गरेको हो ।
ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना२ह६२९० नम्बरको अटोमाथि शनिबार साँझ साढे ७ बजे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिएका हुन् ।
साहका अनुसार चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रमण गरेको थियो । बाघले आक्रमण गरेपछि अटो अनियन्त्रित भई पल्टेपछि बाघ भने भारतको जंगलतर्फ छिरेका साहले बताए । कुनै मानवीय क्षति भने भएको छैन् । बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ, भालु जस्ता जनावर आवतजावत गर्ने करिडोर नै भएको निरीक्षक अशोक साहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























