देश/प्रदेश

होलीमा अपनाउनु पर्ने सावधानी,सुरक्षित रुपमा कसरी खेल्ने होली ?

Banner

चितवन,चतै १५-

आजबाट होली पर्वको रौनक सुरु भएको छ ।  बिशेष गरि आज पहाडी क्षेत्रमा होलीको रोनक छायाको छ ।  चैत १५ गते पहाडी जिल्लामा र चैत १६ गते तराईका जिल्ला होली मनाइदैछ । होलीमा बिभिन्न रंगहरुसंग एकआपसमा प्रेम र सदभाव समेत साटासाट गरिन्छ । तर होलीमा खेलिने रंगबारे भने केही सचेत हुन आवश्यक छ ।

होलीमा रासायनिक रंगको उपयोग खतरनाक रहेकाले सकेसम्म प्राकृतिक र हर्बल रंगको प्रयोग गर्नु पर्दछ र प्राकृतिक रंग नपाइएमा वा रसायनयुक्त रंग नै प्रयोग गर्नुपर्ने बाध्यता रहेमा सावधानीका उपायहरू अपनाउनु पर्दछ ।

होलीमा अपनाउनु पर्ने सावधानीहरु

  • होली खेल्नुअघि शरीरको लगभग सबै भाग छोपिने गरी लुगा लगाए मात्र रंग र अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । साथै टाउकोमा टोपी लगाउँदा रंगको    नकारात्मक असर बाट बच्न मद्दत मिल्दछ ।
  • होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो विकल्प हो । यसो गर्दा रंग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा समेत रंगको हानीबाट बच्न सकिन्छ ।
  • होली खेलिसकेपछि छालामा हुने जलन हटाउन मोइस्चराइजर उपयोग गर्नु पर्दछ । होली खेलेपछि शरीर मज्जाले पखालेर मोइस्चराइजर लगाउँदा छालाको    सुक्खापन हट्दछ ।
  • होली खेलेपछि रंग पखाल्ने नाममा छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुन्न । यसले छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुअघि शरीरमा भएको रंग पुछ्नु पर्दछ ।

रंग आखाँमा परे

यदि होली खेल्दा आँखामा रंग परेमा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । यसले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुनसक्छ ।

यस्तोमा तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म आखाँ धोइरहनुपर्छ । तर, आँखा धुँदा जोडले पानी छयाप्नु भने हुदैँन । अन्यथा समस्या झन् बढ्न सक्छ । तर दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नजिकै अस्पताल जानुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>