देश/प्रदेश

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

Banner

काठमाडौँ, १४ चैत-
राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाउनुभएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>