देश/प्रदेश

काठमाडौंमा वायुप्रदुषण बढेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हवाई उडान ठप्प

Banner

काठमाडौंमा वायुप्रदुषण बढेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ।

शुक्रबार दिउँसो २ बजेदेखि उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

“आवश्यक भिजिबिलीटी नपुगेर विमान उडान र अवतरण हुनसकेको छैन” प्रवक्ता कर्णले हिमालखबरसँग भने, “पर्याप्त भिजिबिलिटी कहिले पुग्छ भन्न सकिदैन ।”

चितवन र पर्साको संरक्षित क्षेत्रमा आगलागी हुँदा काठमाडौं उपत्यका लगायतका क्षेत्रमा गत सोमबारदेखि नै बाँक्लो धुँवा देखिएको थियो ।
बिहीबार एकै दिन देशभरी झण्डै पाँच स्थानमा डढेलो लागेपछि विमानस्थलमा पनि त्यसको प्रभाव देखिएको वातावरण विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>