देश/प्रदेश

राजर्षि जनक प्रतिभा पुरस्कार गजलगो राणालाई

Banner

जनकपुरधाम ,चैत १३ –

यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार गजलगो कृष्णजङ्ग राणालाई प्रदान गरिने घोषणा गरिएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलन समितिको बिहीबार जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो ।

नेपालगञ्ज घर भएका ९० वर्षीय राणाको हिन्दी भाषामा ११ पुस्तक प्रकाशित छन् । पुरस्कारमा रू ५५ हजार ५५५ र कदरपत्र रहने नेपाल हिन्दी राष्ट्रिय सम्मेलनका अध्यक्ष राजेश्वर नेपालीले बताए । यही चैत २१ र २२ गते जनकपुरधाममा हुने १९ औंँ सम्मेलनमा सो पुरस्कार प्रदान गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>