चितवन विशेष

चितवनका युवा सामाजिक अभियन्ताहरुले पुरन चौधरीलाई बनाइ दिए घर

Banner

चितवन, चैत १३–

प्रतिक्षालयमा रात बिताएर जिविकोपार्जन गर्दै आएका पुरन चौधरीको परिवारलाई चितवनका युवा सामाजिक अभियन्ताहरुले घर निर्माण गरिदिएका छन् । निम्न वर्गीय उक्त परिवार घर पाएपछि खुशी छन् । चौधरी परिवार घर नहुँदा कहिले सडक त कहिले प्रतिक्षालयमा बसेर कष्टकरपूर्ण जीवन निर्वाह गर्दै आइरहेको थियो ।

युवा सामाजिक अभियन्ताहरुले सुरु गरेको हेल्फ फर निड्डी पिपुल अभियान अन्तरगत घरविहिन एक सय परिवारलाई घर निर्माण गर्ने घोषणा अनुरुप चौधरी परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत चितवनका विभिन्न क्षेत्रमा रहेर जिविकोपार्जन गर्दै आफ्नो नाममा जमिन समेत नरहेका विपन्न, अवास विहिनहरुको लागि १०० घर निर्माण गर्ने लक्ष्य लिएर अगाडी बढेको अभियानका संयोजक सरोजध्वज भण्डारीले जानकारी दिए ।

चौधरी परिवारको घर निर्माणको सम्पूर्ण लागत खर्च युवा समाजसेवी तथा रत्ननगर नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रोशन आचार्यले व्यहोरेको अभियानका संयोजक भण्डारीले बताए ।

अभियान्ताहरुले यस अघि ६० दिने ‘क्लीन चितवन, ग्रिन चितवन ,बेटर चितवन’ अभियान संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>