वागमती

सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा एकको मृत्यु

Banner

सिन्धुपाल्चोक, चैत १२-

आफैँले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>