देश/प्रदेश
वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला
०

जनकपुरधाम, चैत ११ –
जनकपुरको एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत फेला परेकी छिन्। जनकपुरधाम उपमहानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत भेटेकी हुन् ।
म्याग्दीको मेलानी गाउँपालिका(७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको हो । दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएको मिश्रले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























