देश/प्रदेश
दाईजो नदिएको भन्दै बुहारीलाई आगो लगाई फरार अभियुक्त पक्राउ
०

बाँके, चैत ११ –
आफ्नै बुहारीलाई आगो लगाई फरार रहेका एक पुरुष पक्राउ परेको छ । २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका(२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा उनी फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका(१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























