खेलकुद

रियल मड्रिडले च्याम्पियन्सलिगको क्वाटरफाइनल लिभरपुलसँग घरेलु मैदानमै भिड्ने

Banner

एजेन्सी,११चैत-

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ । रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग भिड्ने छ ।

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो ।

स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध मार्च ३० मा सकिनेछ । रियलले लिभरपुलसँगको पहिलो लेग अप्रिल ६ मा खेल्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>