देश/प्रदेश

सुनकाे भाउ तोलामा ५ सय बढ्यो

Banner

चितवन,८ चैत-

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबारदेखि ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसअघि बिहीबार पनि सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँ नै रहेको थियो । तेजाबी सुन भने आइतबार ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आइतकार तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area