देश/प्रदेश

अर्घाखाँचीमा जीप दुर्घटना, ७ जना घाइते, २ को अवस्था गम्भीर

Banner

अर्घाखाँची, ८ चैत-

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना  हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये  २ को अवस्था गम्भीर  छ । सन्धिखर्क–९ अर्घाको सेक्रटीबाट सदरमुकाम सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याप जीप  सडकबाट करिव ३५ मिटर तल भीरमा खसेर रूखमा अड्किएको थियाे।

दुर्घटनामा परि अर्घाखाँची सन्धिखर्क ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उनकी श्रीमती २३ वर्षीया रिता खनाल, छोरा ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षीय सावित्री खनाल, १८ वर्षीय विजय खत्री, जीप चालक ४२ वर्षीय ठक बहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएका छन्। घाइते मध्ये चालक ठक बहादुर खत्री र ६६ बर्षिय सीता खत्री गम्भीर घाइते भएका छन्। उनिहरू सबैको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।

सडकबाट पल्टिएको जीप भिरमा रूखमा अड्किएर ठूलो क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए। दुर्घटना भएको जानकारी पाउने बित्तिकै स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना घटनास्थलमा पुगेर घाइतेहरूको उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area