देश/प्रदेश
४० वर्षदेखि भारतको जेलमा थुनिएका नेपाली नागरिक थुनामुक्त, नेपाल ल्याइँदै
काठमाडाैं,७ चैत
४० वर्षदेखि बिना सुनुवाइ भारतको जेलमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिना शनिबार रिहा भएका छन्।
उनी कर्तव्य ज्यान मुद्दामा थुनामा परेका थिए। तर लामो समयसम्म उनको मानसिक अवस्था ठीक नहुँदा मुद्दाको सुनुवाइ नभई जेलमै राखिएको थियो। उनलाई थुनामुक्त गर्न कोलकाता हाइकोर्टले बुधबार आदेश दिएको थियो। स्वतस् रुपमा लिइएको निवेदनमा सुनुवाइ गर्दै अदालतले उनलाई परिवारको जिम्मा लगाउन भनेको थियो।
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारबाट मुक्त गर्ने प्रक्रिया सुरु गरेको थियो। शुक्रबार नै उनलाई रिहा गरिने भनिए पनि आवश्यक प्रक्रिया पूरा गर्दा ढिलाइ भएको बताइएको छ। भाइ प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई आज कारागारमुक्त गरिएको हो।



























