देश/प्रदेश
रघुजी पन्तविरुद्ध कोमल ओलीले मुद्धा हालिन्
०

काठमाठौं, फागुन २५–
राष्ट्रियसभाकी सदस्य तथा गायिका कोमल ओलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्धा हालेकी छन् ।
आफूविरुद्ध सार्वजनिक रुपमा पन्तले गरेको टिप्पणीलाई लिएर ओलीले मानहानीको मुद्धा दायर गरेकी हुन् । मंगलबार विहान काठमाडौं जिल्ला अदालत पुगेर ओलीले मुद्धा दायर गरेकी हुन् ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
नेता पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























