स्वास्थ्य

प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोप लगाउँदै

Banner

काठमाडौं फागुन २३-

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् । ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतवार खोप लगाउने कार्यतालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार, आइतवार बिहान १० बजे प्रधानमन्त्री ओलीले खोप लगाउनेछन् ।

प्रवक्ता गौतमले भने,‘आइतवार बिहान १० बजे शिक्षण अस्पतालमा प्रधानमन्त्री ज्युले खोप लगाउने कार्यक्रम छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>