नवलपुर

गैंडाकोटमा विद्यार्थीको प्रतिभा प्रस्फुटन

Banner

गैंडाकोट, फागुन १४–

नवलपरासीको गैडाकोट–२ स्थित गैंडाकोट इंग्लिस स्कूलमा प्रतिभा प्रस्फुटन (ट्यालेन्ट शो) प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको बाल क्लबको आयोजनामा भएको प्रतियोगितात्मक कार्यक्रममा विद्यालयका कक्षा ४ र ५ का कुल ४० जना विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रस्तुति दिएका थिए ।

बाल क्लबका अक्ष्य अध्यक्ष क्रिशुना कायस्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, क्यारिकेचर, वक्तित्वकला, कविता वाचन तथा बिट–बक्स लगायतका प्रस्तुति दिएका थिए ।

विद्यालयको नवनिर्मित सभा हलमा विद्यार्थीहरुको प्रस्तुति अवलोकन पश्चात कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य हिरालाल अर्यालले सफल कार्यक्रम सञ्चालन गरेकोमा बाल क्लबलाई धन्यबाद दिदै भविष्यमा यी र यस्तै कार्यक्रमको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>