अन्तर्राष्ट्रिय

अब अस्ट्रेलियामा फेसबुकबाट समाचार सेयर गर्न नपाइने

Banner

अष्ट्रेलिया, फागुन ६-

फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ । यसले यहाँका नागरिकमा सूचना प्रवाहको मुख्य स्रोत पहुँचबाहिर पुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

बिहीबार बिहानैदेखि त्यहाँ फेसबुक पेजभर स्थानीय र ग्लोबल न्युज साइटहरू उपलब्ध थिएन । यसमा सरकारीतर्फको स्वास्थ्य, आपतकाललगायत पेजहरूसमेत ब्लक भएका हुन् तर यसमा चाहिँ गल्ती भएको फेसबुकले जनाएको छ ।
अस्ट्रेलिया सरकारले फेसबुकको यो कदमले कम्पनीको विश्वसनीयतालाई नै जोखिममा पारिदिएको बताएको छ । यति मात्र नभएर अस्ट्रेलिया बाहिरका मानिसहरूलाई समेत फेसबुकमा अस्ट्रेलियन न्युज प्रकाशकका सामग्री पढ्नबाट निषेध गरिएको छ । फेसबुकको यो प्रतिक्रिया वास्तवमा अस्ट्रेलिया सरकारले यसअघि जारी गराउने भनेको नयाँ प्राविधिक नियमका कारण छ ।

यसअन्तर्गत फेसबुकले न्युज एजेन्सीहरूलाई तिनका सामग्री प्रयोग गरे वापत् निश्चित भुक्तानी गर्नुपर्ने भनिएको थियो । तर गुगल, फेसबुकजस्ता कम्पनीले सो नियममा इन्टरनेटले कसरी काम गर्छ भन्ने ध्यानमा नराखी प्रस्ताव गरिएको र अन्यायपूर्ण आफूहरूलाई नोक्सान पु¥याउने बताउँदै आएका छन् । अस्ट्रेलियाको तल्लो सदमा सो नियम बुधबार नै पारित भइसकेको छ ।

यसमा अस्ट्रेलियाको राष्ट्रिय प्रकाशक, एबीसी र सिड्नी मर्निङ हेराल्डजस्ता पत्रिकाले समेत फेसबुक पेजमा आफ्नो समाचार पोस्ट गर्न पाएका छैनन् जसका लाखौँ फलोअरहरू छन् । फेसबुकका अनुसार अस्ट्रेलियन प्रकाशकहरूले फेसबुक पेजको मद्दतबाट मात्र गत वर्ष ४० करोड ७० लाख अस्ट्रेलियन डलर कमाइ गरेका थिए । अस्ट्रेलियन नागरिकहरूले चाहिँ यो विषयमा अचानक सबै आधिकारिक समाचार स्रोतको पहुँच बन्द हुँदा अधिक आक्रोश जनाएका छन् । बीबीसीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>