Uncategorized

बोस्टन इन्टरनेशनल कलेजमा आर्थिक पत्रकारिता सम्बन्धी कार्यशाला

Banner

चितवन, फागुन ३-

भरतपुरको बोष्टन इन्टरनेशनल कलेजले अर्थ वाणिज्य क्षेत्रमा लेखन र प्रकाशनसम्बन्धी एक दिने आर्थिक पत्रकारिता कार्यशाला सञ्चालन गरेको छ ।

देश तथा विदेशको अर्थ एवम् वाणिज्यका विषयमा लेखन तथा प्रकाशन गर्ने सिप विद्यार्थीलाई सिकाउने उद्देश्यले शनिबार आयोजना गरिएको कार्यशालामा बोष्टन कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ४३ जना विद्यार्थी सहभागी थिए ।

उक्त कार्यशालामा नयाँ पत्रिका राष्ट्रिय दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बराल र रिपब्लिकाका उपसम्पादक अखिलेश त्रिपाठीले स्रोतव्यक्तिका रुपमा तालिम दिएका थिए । समाचार लेखन कसरी गर्ने, पत्रकारिताका आधारभूत सिद्धान्त के के हुन्, समाचार केलाई भनिन्छ, कसरी समाचार लेखन र प्रकाशन हुने गर्छ लगायतका विषयमा अखिलेश त्रिपाठीले अभिमुखी करण गरेका थिए । त्यस्तै गरेर कार्यक्रममा अर्थ वाणिज्यका समाचार र लेखहरु कसरी लेखिन्छन्, प्राथमिकताका समाचारहरु के के हुन्, लेखनको लागी सूचना संकलन कसरी गर्ने लगायतका विषयमा जनार्दन बरालले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्यार्थीलाई प्रयोगात्मक अभ्यास पनि गराइएको थियो जसमा विद्यार्थीहरुले पहिलो अभ्यासमा एउटा घटनामा आधारित भएर समाचार तयार पारेका थिए भने दोस्रो अभ्यासमा नेपाल राष्ट्र बैँकको आर्थिक प्रतिवेदन विश्लेषण गरेर समाचार तयार पारेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागीले उक्त कार्यक्रमबाट सिकेका कुराहरु साटासाट गरेका थिए । ‘कार्यक्रम एकदमै प्रभावकारी भएको छ । यसप्रकारका कार्यक्रमहरुले हाम्रो व्यक्तित्व विकासमा टेवा पुग्छ’ कार्यक्रममा सहभागी पवानी पौडेलले प्रतिक्रिया दिइन् । बोष्टन कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाँईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भने, ‘विद्यार्थीले आर्थिक विषयमा विश्लेषणात्मक लेख एवम् समाचार लेख्न र प्रकाशन गर्न सिकुन भन्ने उद्देश्यले आज हामीले यस कार्यक्रम आयोजना गरेका हौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>