प्रदेश १

पुरुषबाटै पुरुष बलात्कार, दुई जना पक्राउ

Banner

भद्रपुर,फागुन ३-

देशभर महिला बलात्कृत हुँदै गरेको घटना सार्वजनिक भइरहेको बेला झापामा पुरुषबाटै पुरुष बलात्कार भएको घटना बाहिरिएको छ। कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिबार बेलुका ७ बजे दुई जना पुरुष मिलेर एक पुरुषलाई बलात्कार गरेको घटना बाहिरिएको हो।​

कनकाई–७ निवासी ३० वर्षीय पुरुष अप्राकृतिक यौन क्रियाकलापमा परी सख्त घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

अप्राकृतिक यौन क्रियाकलापमा संलग्न दुबैलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडका राखिएको छ। घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरे पनि घाइतेका तर्फबाट उजुरी नपरेको प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>