गण्डकी

तनहुँमा सवारी दुर्घटनाः दुईको मृत्यु, चार घाइते

Banner

दमौली,माघ २३ –

तनहुँका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ । घटनामा परी चारजना घाइते भएका छन् । व्यास ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा एक ट्याक्टर सडकबाट झण्डै तीन सय मिटर तल खसेर भएको दुर्घटनामा परी बालकको ज्यान गएको छ ।

स्थानीय ९ वर्षका सरोज थापाको ट्याक्टरले चापिएर मृत्यु भएको हो । साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रत भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक तनहुँ व्यास नगरपालिका ६ सेखाटार बस्ने बुद्दी श्रेष्ठ र सरस्वती थापा घाइते छन् । घाइतेको दमौली अस्पतालमा उपचार भइराखेको छ ।

घाँसीकुवामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

व्यास १२ घाँसीकुवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् । दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटोसँग बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा दुर्घटनामा भएको हो । दुर्घटनामा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष घाइते भएका छन्।

घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area