Uncategorized

रत्ननगरमा जस्पाल बहुसांस्कृतिक भवनको शिलान्यास

Banner

 

चितवन, माघ २१-

रत्ननगर नगरपालिका–९ मोहनामा जस्पाल बहुसांस्कृतिक भवनको बुधबार शिलान्यास गरिएको छ ।

जस्पाल मन्दिर परिसरमा बन्न लागेको भवनको वाग्मती प्रदेश सांसद कञ्चन खनालले शिलान्यास गरेकी हुन् ।

संसद विकास कोषअन्तर्गतको २५ लाख र मन्दिरको तीन लाख गरी जम्मा २८ लाख रुपैयाँको लागतमा सो भवनको निर्माण कार्य सुरु गरिएको वडाध्यक्ष मेघनाथ पौडेलले नारायणी अनलाइनलाई बताए । नयाँ बन्ने भवन चार तले हुने र त्यसमा ई–पुस्ताकलय सहित निमार्ण हुने उनले जानकारी दिए । भवन सम्पन्न गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले निमार्ण कार्य निरन्तर रहने र पहिलो चरणको काम आगामी वैशाख भित्र सम्पन्न हुने पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>