Breaking News
मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो,शवको लस्करले विमानस्थलमा सन्नाटा
०

काठमाडौं,माघ १०-
रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो । मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।
मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न मलेशियामा मृत्यु भएकाको शव नेपाल ल्याइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























