चितवन विशेष

भरतपुर केन्द्रीय अस्पतालले मध्यविन्दु जिल्ला अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने

Banner

चितवन, माघ १ – 

भरतपुर केन्द्रीय अस्पतालले मध्यविन्दु जिल्ला अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय अस्पतालको रुपमा रहेको चितवनको भरतपुर अस्पतालले नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्न लागेको हो । आज बिहीबार (माघ १ गते) देखि लागु हुने गरी भरतपुर अस्पताल र मध्यविन्दु अस्पतालबीच क्लिनिक सञ्चालन सम्बन्धी सम्भmौता भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीन्टेन्डेन्ट डा जगन्नाथ तिवारीले जानकारी दिए । उक्त सम्झौता २०७८ असार मसान्तसम्म लागु हुनेछ ।

माघ ७ गतेबाट प्रत्येक हप्ता स्याटेलाइट क्लिनिक सञ्चालन गरिने डा तिवारीले जानकारी दिए । केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुले विभिन्न अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने निर्णय सरकारले गरेको थियो । सोही निर्णय बमोजिम सरकारले भरतपुर अस्पताललाई मध्यविन्दु अस्पतालमा स्याटेलाइट सञ्चालन गर्न निर्देशन दिएकोे डा तिवारीले जनाए । सोही निर्देशन बमोजिम क्लिनिक सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

स्याटेलाइट क्लिनिक भनेको विशेषज्ञ सेवा नभएको अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्नु हो । जसअनुसार भरतपुर अस्पतालले प्रत्येक हप्ता फरकफरक रोगका विशेषज्ञ डक्टरहरुलाई मध्यविन्दु अस्पतालमा पठाउने डा तिवारीले बताए । मध्यविन्दु अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालनमा आएपछि त्यहाँका मानिसहरुले मध्यविन्दु अस्पतालबाटै विशेषज्ञ सेवा लिन सक्ने डा तिवारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>