नवलपुर

बुलिङटार जेसिजको अध्यक्षमा श्रेष्ठ

Banner

नवलपुर, पुस २६–

बुलिङटार जेसिजको अध्यक्षमा सन्दीप कुमार श्रेष्ठ चयन भएका छन् ।

नवलपुर जिल्ला सुस्ता पूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा शनिबार आयोजित एक विशेष भेलाबाट सर्वसम्मत श्रेष्ठ चयन भएका हुन् । पहिलो भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्ष पदमा तेजमान श्रेष्ठ, भविलाल राना, कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिव पदमा सुवाष देवकोटा, कोषाध्यक्ष पदमा ऋषिराम गिरी चयन भएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल, लोकप्रसाद रामदाम, प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्ध प्रसाद रानाभाट, सह–कोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिकाकी उपाध्यक्ष मैना विकले बुलिङ्गटार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले संस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोजअनुसन्धान, विकास, समृद्धिसँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए ।

कार्यक्रमा गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा, पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो । भेलामा सहभागीहरुलाई जेसी बद्री सापकोटाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम गैंडाकोट जेसिजका पूर्व अध्यक्ष जेसि कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । बुलिङटार जेसिजको मातृसँस्थाको रुपमा गैंडाकोट जेसिज रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>