देश/प्रदेश
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने युवाहरु पक्राउ
०

धनगढी, पुस २४ –
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने युवाहरु पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा उक्त टिर्सट लगाएर सहभागी भएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो । जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । युवाहरुले प्रधानमन्त्री आउने थाहा पाएपछि ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सभामा पुगेका थिए ।
एसपी अनुपशम्शेर जबराका अनुसार टिर्सट लगाउने केही युवाहरुलाई मात्रै पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























