देश/प्रदेश
हत्या अभियुक्त भारतीय पक्राउ
०

काठमाडौँ, पुस २२-
भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ना१ज ७५६२ नंको सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरेको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























