देश/प्रदेश

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु

Banner

जनकपुरधाम, पुस २१

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प।४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले दिएको जानकारी अनुसार हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतो घाईते भएका छन् । उनीहरुको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको छ ।  इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।

यसअघि गत शनिबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा।१६ च ८११ नम्बरको कारको ठक्करबाट बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभार जंगलमा वयस्क पाटेबाघको मृत्यु भएको थियो ।

 

 

फाईल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>