समाज

स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Banner

काठमाडौं, पुस २० –

स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकसहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले दिएको जानकारी अनुसार सोमबार कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका भारतको गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्तालाई पक्राउ गरिएको हो । भने गुप्ता सवार गाडी चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी विभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको थियो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>