देश/प्रदेश

लागुऔषधसहित तीन जना पक्राउ

Banner

विराटनगर, साउन १५-

लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् । उनीहरुलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

चिकित्सकको सिफारिसबिना ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेटसहित खगेन्द्र महतलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>