देश/प्रदेश

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

Banner

वाग्मती, पुस १९-

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो ।

अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिनुभएको बताइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>