लुम्बिनी

लुम्बिनी प्रदेशमा पूर्वमाओवादी सांसद् ओली पक्षमा लागेपछि…

Banner

बुटवल,पुस १९-

लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ भने प्रचण्ड–माधव नेपाल पक्ष थप चिन्तित बनेको छ ।

नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताए ।  उनले भने, ‘को कता भनेर अबिर टीका लगाएर पार्टी प्रवेश गर्ने बिषय भएन । सर्मथन सडकमा गर्ने कि सरकारलाई गर्ने भन्ने हो । मैले अहिले सरकारलाई समर्थन गरेँ, अरु जिल्लास्तरमा साथीहरु पनि मसँगै सरकारको समर्थनमा जानु भयो ।’

अनुप बरालसहित जिल्ला स्तरका अन्य नेता ओली समूहमा रहेको उनले दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>