देश/प्रदेश
मानव सेवा आश्रमले गर्यो तनहुँबाट पाँच पुरुषको उद्धार
०

तनहुँ, पुस १८ – मानव सेवा आश्रम कास्कीले तनहुँबाट पाँच पुरुषको उद्धार गरेको छ । लामो समयदेखि मागेर खाने र प्रहरी कार्यालय नजिकै रहेको साँघेचोकस्थित प्रतिक्षालयमा बसोबास गर्दै आएका उनीहरुलाई उद्धार गरी लगिएको हो ।
उक्त संस्थामा आबद्ध नोमा थापाको सहयोगमा डम्बर सापकोटा, उमेश कार्की, खेमबहादुर परियार, एक वृद्ध र एक बालकलाई उद्धार गरी लगिएको मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक राजन सापकोटाले जानकारी दिनुभयो ।
विसं ०६९ मा हेटाँैडाबाट शुरु गरेको उक्त सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन वर्षअघिदेखि काम गर्दै आएको र हाल १२० जना रहेको उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























